लमही स्थित पुर्व-पश्चिम राजमार्ग बन्द

दाङ, २७ फागुन ।
दाङको लमही स्थित अर्जुनखोलामा पुर्व पश्चिम राजमार्ग बन्द गरिएको छ । सवारी दुर्घटनामा परि अटो चालक लमही ७ कमानपुर निवासी विष्णु बहादुर थापाको मृत्यु भएपछि पीडित परिवारले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग अहिले पूर्णरूपमा ठप्प छ ।


तिनदिन देखि थापाको शव नेपालगंज भेरी अस्पतालमा राखिएको छ । मृतकका परिवारले शव अहिलेसम्म बुझेका छैनन् । पीडित परिवारले शब नबुझी सम्बन्धित गाडी धनी आएर स्पष्ट छलफल गर्नुपर्ने माग राखेका छन् । राजमार्गमा सुरक्षाकर्मी तैनाथ परिचालन गरिएको छ । राजमार्ग बन्द गरिएसंगै उक्त सडक भएर ओहोर दोहोर गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।