सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

काठमाडौं ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट भएको छ ।
सोही कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए।


जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ। योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ पाएका हुन्। यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ ।