मावि तुलसीपुर सेन्टरमा अक्षर सुधार कार्यशाला सम्पन्न

दाङ, २५ फागुन । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ काे आयोजनामा श्री मा.वि तुलसीपुर सेन्टरमा अक्षर सुधार कार्यशाला सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख अतिथिमा कार्यक्रम भएको हाे ।

प्रमुख अतिथि दुजमान भण्डारीले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर, नियमबद्द गरि शिक्षक, विद्यार्थी सबैले गर्नु पर्ने बताउनु भयो । उहाँले भनुभयाे “अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउछ ।”


डिभाइन इन्स्टिच्युटका प्रमुख प्रशिक्षक हिमाल डाँगीले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएको बताउनु भयो बिद्यालयका प्र.अ. भागवत पौडेलले बिद्यालयको शैक्षिक सुधारमा कार्यक्रमले ठुलो उपलब्धि हुने बिश्वास व्यक्त गर्नु भयो। बिद्यालय बि ब्य स अध्यक्षले यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने बताउनु भयो । स-साना कुरामा ध्यान पुर्याउन सके मात्र शैक्षिक सुधार गर्न सकिने बतानुभयो। कार्यक्रममा नि.मा. बि कोर्डिनेटर रुद्र डाँगी, शिक्षक, शिक्षीका र विद्यार्थीहरुकाे उपस्थिति थियो । व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण भोला पौडेलले गर्नुभएको थियो ।