तुल बहादुर कवँर मगर
देउखुरी २३,फागुन ।
गढवा गाउँपालिका दाङले स्थापन दिवसको अवसरमा आयोजना गरेको दोस्रो गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा राप्ती गाउँपालिका र लमही नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा भएको खेलमा गढवा गाउँपालिकालाई हराउँदै राप्ती गाउँपालिका फाइनल पुगेको हो।
राप्ती गाउँपालिका र आयोजक गढवा गाउँपालिका बीच भएको खेलमा दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुट आउट मार्फत राप्तीले गढवा लाई ५-३ को फराकिलो गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।त्यस्तै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको छ।
निर्धारित समयमा दुबै टिमबाट २ बराबर गोल भए पछि पेनाल्टी सुट आउट मार्फत थप २ गोल गर्दै लमही नगरपालिकाले राजपुर गाउँपालिकालाई ४-२ को गोल अन्तरले हराउँदै फाइलमा पुगेको आयोजकले जानकारी दिएको छ।
फाइनल खेल आगामी २७ गते हुने भएको छ।फाइनल खेलमा राप्ती गाउँपालिका र लमही नगरपालिका बीच प्रतिस्पर्धा हुने बताइएको छ।
गढवा गाउँपालिकाले आफ्नो स्थापन दिवसको अवसरमा गाउँपालिका स्तरीय,वडा स्तरीय ,विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल, भलिबल लगायत अन्य विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनु भएको छ।
यसैबीच खेलकुद प्रतियोगिताको आजै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्नु भएको थियो ।
लाइभदाङ । २३ फाल्गुन २०८०, बुधबार १०:२७ बजे