दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

दाङ, ५ साउन ।
पश्चिम दाङमा सर्पको टोकाइबाट ५० वर्षिय वृद्धाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा शान्तिनगर गाउँपालिका-३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा नाम नखुलेको सर्पले उनलाई टोकेको थियो । घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब ३ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।


घर्तीको शवलाई पोष्टमार्टका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर बस्दै आएको प्रहरीले जनाएको छ ।

उनको श्रीमतीको भने पहिले नै मृत्यु भैसकेको थियो । घर्तीलाई उपचारका लागि उनका मित छोरा रेशम घर्तीले अस्पताल ल्याएका थिए ।