राप्तीमा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर
देउखुरी, १८ फागुन ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ ।

खेलकुद प्रतियोगिताको उद्घाटन गाउँपालिकाको वडा नं.३ मसुरीया स्थित श्रीचौर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक उमेश अधिकारीले जानकारी दिनुभयो । खेल फिफाको नियम अनुसार खेलाइने बताइएको छ।

पुरुषहरुको खेल वडा नं.३ मसुरीया स्थित श्रीचौर खेल मैदानमा हुने छ भने महिलाहरुको खेल वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा हुने छ।


प्रतियोगिताको बिजेता महिला तथा पुरुष दुबै टिमले ४०/४० हजार तथा उप विजेताले ३०/३० हजार नगद पुरस्कार पाउने संयोजक अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार (आज) हुने खेलकुद प्रतियोगिताको उद्घाटन खेल पुरुष तर्फ वडा नं.२ र ७ बीच हुने भएको छ भने महिला तर्फ वडा नं.५ र ७ बीच हुने बताइएको छ। खेल आगामी २० गते सम्म सञ्चालन हुने छ ।