“होम स्टे”मा सगरमाथा स्कुलको कक्षा

तुलसीपुर, १७ फागुन ।
तुलसीपुर ९ बेलुवामा अवस्थित सगरमाथा वालवाटिका इङलिस स्कुलले बुधबार दङ्गिशरण ३ चखौरामा रहेको थारु संग्रहालयमा आफ्नो एकदिने कक्षा सन्चालन गरेको छ।
थारु संग्रहालयका सहायक ब्यबस्थापक नरेन्द्र चौधरीले आज उपस्थित विध्यार्थीहरुलाई शिक्षण गर्नु भएको थियो। उहाले थारु संग्रहालयको महत्त्वको वारेमा प्रकाश पार्नु भएको थियो। पछिल्लो समयमा थारु समुदाएको भाषा, भेषभुषा, रहनसहन एबम सस्कृती हराउदै गएको अवस्थामा विध्यार्थीहरुलाई थारु संग्रहालयमा कक्षा सन्चालन गर्दा संरक्षण र सम्बर्द्धनमा सगरमाथा स्कुलले गरेको अभियान सराहनीय भएको बताउनुभयो। सगरमाथा स्कुलले सुरुवात गरे झै अरुले पनि गर्ने हो भने आउने पुस्तामा यो सस्कृती कुनै एका देशको कथा नबन्ने कुरामा बिश्वस्त बन्नु भयो।
विद्यालयले समय समयमा विभिन्न स्थानमा विभिन्न प्रशिक्षकहरुवाट कक्षा सन्चालन गर्दा सार्है नै प्रभाबकारी हुने विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले बताउनु भयो।
“फरक शैली पृथक अध्यन” सगरमाथा स्कुलको एक बिशेषता भएको कारण विद्यार्थिहरूलाई अरु भन्दा फरक र अब्बल बनाउन विभिन्न समयमा बिद्यालयले विdyaa अतिरिक्त कक्षाहरु सन्चालन गर्दै गरेको विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी गराउनु भयो।
“हाम्रो तुलसीपुर” पाठ्यक्रम अनुसार आज “होम स्टे” र “थारु समुदाय” को बारेमा उक्त स्थानमा कक्षा सन्चालन गरेको विद्यालयका कोर्डिनेटर तिलक डाङ्गीले जानकारी दिनु भयो।