मुलुकमा १० वर्षे जनयुद्धको जगमा भएको १९ दिने आन्दोलनले निरंकुश राजतन्त्र अन्त्य गरि गणतन्त्र स्थापना ग¥यो । लेख्न,बोल्न समेत नपाउने अबस्थाबाट अन्त्य गरि स्वतन्त्र पूर्वक आफ्ना कुरा राख्न पाउने अबस्था सिर्जना भयो । तर, त्यसलाई नै मानिसले दुरुपयोग गर्न थाले । मुलुकमा ठूलो त्याग र बलिदानीबाट प्राप्त ति उपलब्धीलाई सही सदुपयोग भने हुन सकेको छैन । त्यसले गर्दा अहिले छाडापन ब्याप्त छ । आफ्ना कुरा कति सम्म राख्ने, के कुरा राख्दा कति प्रभाब पार्छ? भन्ने खालको हेक्का रहन नसक्दा समाज अराजकता तर्फ गइरहेको छ । बढ्दो प्रबिधिको विकास र सामाजिक सञ्जाललाई दुरुपयोग गर्दा नै समाजलाई अराजकता तर्फ धकेली रहेको छ ।
अहिले एकले अर्कालाई स्वीकार गर्न सक्ने समेतको वातावरण छैन । आदर, सत्कार घट्दै गएको छ । एकले अर्कोलाई गिराएर बोल्ने प्रबृतिको विकास भएको छ । यसले समाजलाई कता लैजादैछ, भन्ने कुराको प्रश्न चिन्ह उठ्न थालेको छ । भट्टी, जुवा तासमा दिन विताउनेहरूले पनि देशलाई आफूले ठूलो योग्दान गरेको ठान्ने र आफ्नो भूमिका निर्वाह गरिरहेका सरोकारवालाहरूलाई बचनको तिर हान्ने जस्ता कार्य भइरहन्छ । आफूले समाजलाई के दिए, कति योग्दान गरेको छु, आफ्नो भूमिकाबाट समाजले के पायो, भन्ने कुराको हेक्का राख्नु पर्ने हो । तर, त्यसो होईन्, सधै अर्कैले यसो गरेन, उसो गरेन भनेर दिन विताउने खालको समाजको चरित्र निर्माण भइरहेको छ । यो पक्कै पनि राम्रो होईन् ।
सभ्य र सचेत समाज निर्माण गर्नु हामी सबैको दायित्व रहन्छ । त्यसकालागि पहिले ‘म’ बाट सुरु गरौं । हरेक राम्रो काम आफूबाट सुरु गरौं र अरुलाई पनि भन्न सजिलो हुन्छ । कुरा उठाउदा पनि सभ्य, मर्यादित तरिकाले उठाऔं, त्यसले समाज विकासमा निकै टेवा पु¥याउछ । अहिलेको जस्तो अबस्थाबाट समाज अघि बढेमा त्यसले भबिष्यमा निकै अराजकता मच्चाउछ, त्यसैले यस्ता कुरालाई सबैले ख्याल गर्न जरुरी छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १५ फाल्गुन २०८०, मंगलवार १०:०३ बजे