तुलसीपुर नगर जेसीज नेपाल जेसीजबाट सम्मानित

तुलसीपुर, १४ फागुन । युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था तुलसीपुरनगर जेसीज नेपाल जेसीजबाट सम्मानित भएको छ ।

शाखाले गरेको जनवरी महिनामा सम्पन्न उत्कृष्ट गतिविधिलाई मूल्यांकन गर्दै नेपाल जेसीजले “१०० प्रतिसत दक्षता पुरस्कार ’’ बाट सम्मान गरेको हो । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा आयोजित नेशनल काउन्सिलर एकेडेमी २०२४ को उद्घाटन समारोहमा उक्त अवार्ड प्रदान गरिएको थियो ।


नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले तुलसीपुरनगर जेसीज वर्ष २०२४ का अध्यक्ष पूर्णबिक्रम डाँगीलाई उक्त अवार्ड प्रदान गरेका हुन । तुलसीपुरनगर जेसीजलाई नेतृत्व गरेको पहिलो महिनामै नेपाल जेसीजबाट अवार्ड प्राप्त गर्न सफल भएको तुलसीपुरनगर जेसिजका अध्यक्ष डाँगीले जानकारी दिए ।

अवार्ड प्राप्त गर्न सहयोग गर्ने शाखाका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सम्पूर्ण पूर्व अध्यक्षहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष डाँगीले नेपाल जेसीज परिवारलाइ पनि धन्यवाद व्यक्त गरेका छन् । नेपाल जेसीजका अध्यक्ष पोखरेलले सन् २०२४ मा नेपाल भरका जेसीज शाखाहरुलाई व्यवस्थित र एकरुपता प्रदान गन “१०० प्रतिसत दक्षता पुरस्कार ’’ प्रोग्रामको टास्क प्रदान गरि उत्कृष्ट हुने शाखाहरुलाई पुरस्कृत गर्ने योजना अनुसार तुलसीपुरनगर जेसिजले जनवरी महिनाका सम्पूर्ण टास्क तोकिएकै अवधिमा पूरा गरेको थियो ।