दलहरुले भन्छन् : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं

दाङ, १३ फागुन ।
अनसनरत स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुको न्यायका लागि दाङका क्रियाशिल राजनीतिक दलहरुले सामूहिक धारणाा तय गरेका छन् । पीडित किसानहरु संगको आईतवार सर्वदलिय तथा सर्वपक्षिय छलफलमा स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुलेका छलफलमा राजनीतिक दलहरुका प्रतिनिधिहरुले साझा धारणा सहितको प्रतिवद्धता पेश गरेका छन् ।

फागुन ८ गतेदेखि मोहियानी हक अधिकारको माग राख्दै २४ घण्टे अनसनरत गुठि पीडित मोहि किसानहरुको न्यायका लागि सबै राजनीतिक दलहरुले एक्येवद्धता सहितको सडकदेखि सदनसम्म दबाब दिने प्रतिद्धबता सहित संयुक्त विज्ञप्ती सार्वजानिक गर्ने तय गरेका छन् ।


बैठकमा नेपाली काँग्रेसका घोराही उपमहानगरपालिका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राममणि पाण्डे, नेकपा माओवादी केन्द्रका घोराहीका कमिटिको उपाध्यक्ष अटल चौधरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रविन थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जनक सी, नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद चौधरी, नेकपा समाजवादीका गुरुप्रसाद महरा लगायतकाले यस्तो प्रतिवद्धता सहितको आन्दोलनरत गुठि पीडित मोहि किसानको न्यायका साझा धारणा पेश गरेका हुन् ।

यसै वीच अनसनरत स्वर्गद्धारी गुठि पीडित मोहि किसानहरुको हक अधिकारका लागि समाजवादी मोर्चा घोराही स्तरिय नगर समितिले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादी मोर्चाका संयोजक अटल चौधरी र सदस्य सचिव शक्तिराम डाँगी लगायतहरुको उपस्थितीमा ज्ञापनपत्र बुझाएको हो ।