कलिलो उमेरमा वोन म्यारोबाट पीडित बालक जीवन र मृत्युको भीख माग्दै

Exif_JPEG_420

टेकराज भण्डारी
दाङ, १२ माघ ।
घोराही उपमहानगपालिका १० निवासी कोठा भाडामा बस्दै आएका सौरभ डाँगी वोन म्यारोबाट पीडित छन् । जीवन र मृत्युको भिख माग्दै अहिले सहयोगको याचना गरिरहेका छन् । १२ वर्षको कलिलो उमेरमा क्यान्सरले छोएपछि आमा टीका डाँगी बेहोस जस्तै छिन्। बुबा धन कमाउन परदेशिएको पनि धेरै भयो कमाएको जति सबै छोराको उपचारको लागि सकियो अहिले न सम्पति छ न छोराको रोग नैं ठीक भएको छ। अब उपचार गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् डाँगी परिवार। यही कारुणिक दृश्य देखेर तुलसीपुरका मनकारी सुन चादी व्यबसायी मिनराज ओली ले पीडित सौरभ लाई रु ५१ हजार ५सय १ रुपैयाँ सहयोग गर्नु भएको छ । आफ्नो थरै सहयोगले बालकको उपचारमा केही राहत पुग्ने विश्वास ओलीले लिनु भएको छ। अहिले ओली जस्तै अन्य देश विदेशमा बस्ने सबै जनालाई सहयोग गरिदिन परिवारले अपील गरेको छ।