मावि प्रतापकोटमा अक्षर सुधार कार्यशाला सम्पन्न

दाङ, १३ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामामा श्री मावि प्रतापकोटमा अक्षर सुधार कार्यशाला सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिजय बि .क को प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि बिजय बि.कले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर, नियमबद्द गरि शिक्षक, विद्यार्थी सबैले गर्नु पर्ने बताउनु भयो । उहाँले भनुभयो “अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पु¥याउछ ।”


डिभाइन इन्स्टिच्युटका प्रमुख प्रशिक्षक हिमाल डाँगीले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएको बताउनु भयो विद्यालयका प्र.अ टेक प्रशाद भण्डारीले विद्यालयको शैक्षिक सुधारमा कार्यक्रमले ठुलो उपलब्धि हुने बिश्वास व्यक्त गर्नु भयो।

विद्यालय वि. ब्य. स. अध्यक्षले यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने बताउनु भयो । स–साना कुरामा ध्यान पु¥याउन सके मात्र शैक्षिक सुधार गर्न सकिने बताउनु भयो।