पेशागतमहासंघ बबईको बैठक हापुरेमा सम्पन्न

रामप्रसाद सुवेदी
हापुरे, २२ जेठ ।

पेशागत महासंघ बबईको बैठक बबई गाउँपालिकाको हापुरेमा सम्पन्न भएको छ। आईतवार पेशागत महासंघ बबईका अध्यक्ष दुर्गाप्रसाद ओलिको अध्यक्षता बैठक सम्पन्न भएको हो ।


बैठकले सरकारले आर्थिक वर्ष ०७९/८० को वजेट बक्तब्यमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेकाले बबई गाउँपालिकाका सबै संघ संस्थामा कार्यरत कर्मचारीहरुको तलव भत्ता नेपाल सरकारको नियमानुसार वृद्धि गर्न अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले सरकारले लागु गरेको आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कर्मचारीहरुलाई काज भ्रमणमा सबै कर्मचारीलाई नियमानुसार रकम निकासा गरि कर्मचारीलाई उपलब्ध गराउन स्थानीय सरकार संग माग गर्ने निर्णय गरेको छ।

साथै बैठकले कर्मचारीको जोखिम तथा पोसाक भत्ता सम्बन्धि पहल गर्ने निर्णय गरेको छ । बैठकले स्थानिय तहको निर्वाचन २०७९ मा बबई गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले स्थानिय तहमा कार्यरत कर्मचारीहरुको स्थायित्व र निरन्तरताको लागि समन्वय गर्ने समेत निर्णय गरेको छ । साथै भएका निर्णयको कार्यान्वयनका लागि बबई गाउँपालिकाको कार्यपालिकामा निर्णय प्रती सहित पेस गर्ने समितिका कोषाध्यक्ष अर्जुन परियारले जानकारी दिनु भएको छ ।