गुरूकुल तुलसीपुरको विशेष छात्रवृत्ति योजना सार्वजनिक

तुलसीपुर,१२ फागुन ।
शैक्षिक सत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेको गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालयले तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विशेष छात्रवृत्ति योजनाका बारेमा जनाकारी गराएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले सोचेको विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षीत गरेर निःशुल्क पढाउन विशेष योजना ल्याईएको बताउनुभयो ।
विद्यालयले सार्वजनिक गरेको छात्रवृत्ति योजना अनुसार गुरूकुल एकेडेमि तुलसीपुरको फेसबुक पेजमा सो कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएको छ।

सोही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निःशुल्क अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सकिने प्रधानध्यापक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने नेपाल सरकारले तोकेको मापदण्ड अनुसार १० प्रतिशत विद्यार्थीलाई यातायात र खाना खाना बाहेक अध्ययन गर्न अन्य कुनैपनि शुल्क लाग्ने छैन ।


विद्यालयले किताबि ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जोड दिदै आएको छ । माटो सुहाउदो ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर–६ गोलौराबाट पनि शैक्षिक सत्र २०८१ बाट अध्यापन सुरू हुन लागेको विद्यालय पुर्ण प्रविधिमैत्री कक्षा निर्माण,स्विमिङ पुल,फुटसल लगाएतको सुविधा सहित तीन विगाह क्षेत्रफलमा फैलिएको छ।

हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकोमा विहिवार र शुक्रवार अतिरिक्त कृयाकलापमा ईच्छा अनुसार विभिन्न कल्वमा सहभािगता जनाउन सकिने विद्यालयले जनाएको छ।