दाङ, १० फागुन ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले उक्त वार्डको उद्घाटन गर्नुभएको हो ।
उहाँले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाँउदा खुसि लागेको बताउनु भयो । प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मिहरुको सामुहीक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै ब्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उहाँले बताउनु भयो ।
सर्जरी वार्ड उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहीत प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्श, स्वास्थ्यकर्मिहरुको उपस्थिती रहेको थियो । प्रतिष्ठानको जनरल सर्जरी विभागमा एसोसियट प्रोफेसर डा.सुर्यमान गुरुङ, लेक्चरर डा. आनन्द न्यौपाने,, लेक्चरर डा. अभिषेक पौडेल र डा. आत्मनन्द वर्माले विरामिलाई सेवा दिइ रहनु भएको छ ।
लाइभदाङ । १० फाल्गुन २०८०, बिहीबार १२:२३ बजे