विद्युत महसुल बुझाउन सहज बनाऔं

अहिले पनि दाङमा विद्युत महशुल तिर्न सहज छैन । ३० रुपैँया तिर्न २ सय रुपैँया खर्च गर्नुपर्ने अबस्था छ । गाउँ–गाउँमा स्थानीय सरकारहरु छन् । तर, नागरिकले विद्युत महशुल तिर्दा स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् । वडाबाट विद्युत महसुल तिर्ने व्यबस्था नहुँदा अहिले नागरिकहरु महशुल तिर्नकालागि बजार नै पुग्नु पर्ने बाध्यता छ । यसले नागरिकलाई शास्ती थपेको छ ।

अझै पनि धेरै विद्युत महशुल उठ्न सकेको छैन । सरकारी कार्यालयहरुले नै विद्युत महशुल बुझाएका छैनन् । कार्यालयमै गएर ध्यानाकर्षण गराउँदा पनि विद्युत महशुल आलटाल गरिरहेका छन् । सरकारी कार्यालयले महशुल बुझाउन आलटाल गरिरहेको अबस्थामा पनि सर्वसाधारण भने महशुल बुझाउने कार्यलाई आफ्नो जिम्मेवारी ठानेर गाउँबाट बजार आउछन् । घण्टौं लाईन लाग्छन् । अनी विद्युत महशुल बुझाउछन् । नागरिक नै महशुल बुझाउन आफै जागरुक हुन राज्यकालागि पनि सकारात्मक कुरा हो । जनताले बुझाउने महशुल, कर नै मुलुकको आम्दानीको स्रोत हो । अहिले हुने हरेक विकास जनताले तिरेकै करबाट भइरहेका छन् । तर, यसरी महशुल, कर तिर्ने कार्यलाई प्रभाबकारी र सहज बनाउनु अहिलेको अपरिहार्य हो, राज्यको दायित्व पनि हो ।


सहज भएमा नागरिकहरु पनि महशुल बुझाउन उत्साहित हुन्छन्, र राज्यको आर्थिक विकासमा पनि टेवा पुग्छ । कर खुसी भएर बुझाउनु पर्छ, भन्ने भावका नारा लिएर राज्य जनतामाझ कार्यक्रम जान्छ, तर कर तिर्ने प्रणाली निकै असहज हुँदा जनता नै पीडित हुने गरेका छन् । कर तिर्न पनि झनझट मान्नु पर्ने अबस्था सिर्जना भएको छ । त्यसैले नागरिकलाई करमैत्री वातावरण निर्माणकालागि राज्यले पहल लिनुपर्ने देखिन्छ । अहिले पनि धेरै कर बुझाउने कार्यलयको भीडभाड हेर्दा सेवग्राहीहरु आजित हुन्छन् । मुलुकमा संघीयता आएपछि नागरिकले सहज सेवाको अपेक्षा गरेका थिए । तर, महशुल, कर तिर्ने कुरामा सहजता आनउन नसक्नु दुःखद पक्ष हो । त्यसैले राज्यले कर, महशुललगायत अन्य शूल्क तिर्ने व्यबस्था सकेसम्म वडा कार्यालयममै गर्नसके राम्रो हुन्छ । अहिले अनलाईन प्रणालीबाट पनि कर तिर्न सकिने ब्यबस्था छ । तर, यो पनि प्रभाबकारी हुन सकेको छैन् । सेवाग्रहीलाई यस विषयमा जानकारी नै छैन । सीमित व्यक्तीहरु मात्रै त्यसको पहुँचमा छन् । त्यसैले सेवाग्राहीहरुलाई अनलाईन सेवाबारे पनि जानकारी दिन सकेमा कर, महशुल तिर्न पनि थप सहज हुनेछ ।