जलमग्न फुलवारी

तुलसीपुर
१ असोज / नियमितको बर्षादले गर्दा तुलसीपुर १३ फुलवारी जलमग्न बनेको छ । स्थानीय तुइ खोलामा आएको बाढीले त्यहाँको विद्यालय तथा एक घर डुवानमा परेको छ ।

सोही विद्यालयको अम्वेश्वरी मावि डुवानमा परेको स्थानीय किरण परियारले बताए । उनका अनुसार त्यहाँको आर्मि ब्यारेक र स्थानीय प्रकाश कार्कीको घर समेत डुवानमा परेको हो । क्षति भने भएको छैन ।


लगातारको बाढीले गर्दा तुई खोलामा पानीको बहाब पनि बढेको छ ।