गणेशपुर पार्कमा नयाँ नेतृत्वकालागि निर्वाचन हुँदै

तुलसीपुर
८ पुस /  दाङको तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान(गणेशपुर) पार्कको नयाँ नेतृत्व चयनकालागि निर्वाचन हुने भएको छ । शनिबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन हुनेछ ।

अध्यक्ष र कोषाध्यक्षमा निर्वाचन हुने भएको हो । त्यो बाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । अध्यक्षमा एमालेबाट निवर्तमान अध्यक्ष डिल्लीराज भण्डारी र गठबन्धनबाट काँग्रेसकी इन्दिरा शर्मा रहेकी छन् । त्यस्तै कोषाध्यक्षमा एमालेबाट ढुण्डीराज पराजुली र गठबन्धनबाट चिरञ्जिवी रिजाल चुनाबी मैदानमा छन् । सचिबमा भने जनमोर्चाका कृष्ण पोखरेल निर्विरोध निर्वाचित भइसकेको छन् ।


त्यस्तै सदस्यहरुमा एमालेका बालाराम रेग्मी, काँग्रेसका छबिलाल पन्थी, एकीकृत समाजवादीका माधव गिरी, विप्वल निकट नेकपाका भक्तिराम भण्डारी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका टुकलाल भण्डारी सर्वसम्मत भएका छन् ।

पार्कमा ४ सय ७१ मतदाता रहेका छन् ।