पर्चुगल पठाउँछु भन्दै ठगी गर्ने दाङकी एक महिला पक्राउ

तुलसीपुर, २९ माघ ।
पर्चुगल पठाउँछु भन्दै ठगी गरेको आरोपमा दाङकी एक महिला काठमाण्डौमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ निवासी ३० वर्षकी मन्जु रावत रहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


तुलसीपुर उपमहानगरपालिका–६ निवासी राजीव बस्नेत सहित ३ जना युवाले दिएको जाहेरीका आधारमा रावतलाई काठमाण्डौको नयाँ बानेश्वरबाट माघ २५ गते पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो । पोर्चुगलमा मासिक एक लाख ५० हजार कमाई हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै आएकी रावतले पहिलो किस्ता स्वरुप १८ लाख रुपैयाँ बुझेर सम्पर्क विहीन भएकी थिइन् ।