लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

दाङ,२३ माघ । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग समन्वय भएको छ ।

सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धि कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाईएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका ब्यक्तीहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए ।


घाइते तथा अपाङ्गता भएका ब्यक्तीको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो । परिबर्तनकालागि भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

No description available.