सरस्वती पुजामा मावि सौडियारको अंग्रेजि माध्यमतर्फ प्ले ग्रुप र नर्शरीमा निःशुल्क भर्ना

घोराही, २३ माघ ।
घोराही ७ सौडियार स्थित मावि सौडियारमा अंग्रेजि माध्यमको पढाईलाई ब्यवस्थीत गर्ने उदेश्यले आउदै गरेको सरस्वती पुजाको अवसर पारेर अंग्रेजि माध्यमतर्फ प्ले ग्रुप र नर्शरीमा निःशुल्क भर्ना ब्यवस्था गरीएको छ ।

फागुन २ गते परेको सरस्वति पुजाको अवसरमा विद्यालय ब्यवस्थापन समितिले नेपालि माध्यमतर्फ इसिडिमा पनि निःशुल्क भर्नाको ब्यवस्था मिलाईएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवरले बताए । विद्यालयमा अंग्रेजि माध्यमतर्फ प्ले ग्रुपदेखी कक्षा ५ सम्म सञ्चालनमा रहेको र आगामि शैक्षिक शत्रमा आधारभुत तहका सबै कक्षामा अंग्रेजि माध्यमको पठनपाठन सञ्चालन गर्ने उदेश्य रहेको उनले बताए ।


विद्यालय ब्यवस्थापन समितिको बैठकले फागुन १ गते विद्यालयको ५० औँ वार्षिकोत्सवलाई भब्य र सभ्य बनाउन सबैखाले तयारी गर्ने निर्णय गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी विचमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने, आफ्नो विषयमा शत प्रतिशत उत्तिर्ण गराउनुका साथै नयाँ प्रविधिलाई आत्मसात गरेर अध्यापन गर्ने उत्कृष्ट शिक्षक, नियमित विद्यालयमा आउने अभिभावक र विद्यार्थीलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा शिक्षीका, विद्यार्थीहको नृत्य प्रतियोगितादेखी यसपालिदेखी नजिकका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी र मावि सौडियारमा प्ले ग्रुपदेखी प्लस टुसम्म अध्ययनरत विद्यार्थीलाई विज्ञान तथा शिक्षा कला प्रदर्शनि गर्ने पनि तयारी गरेको छ । बैठक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो ।