दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

तुलसीपुर,२१ माघ । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका-१ थिल्लो भालुवाङ निवासी २४ वर्षीय हेमन्त रोका रहेको प्रहरीले जानकारी दिएको छ ।


ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रोकालाइ सोहि ठाउँबाट ७० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित शुक्रबार पक्राउ गरेको हो । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।