तुलसीपुरमा अटो र ट्याक्टर आपसमा ठोकिँदा एकजना घाइते

दाङ,१ फागुन।
तुलसीपुरमा अटो र ट्याक्टर आपसमा ठोकिँदा एकजना गम्भीर  घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका-७ बम्नैमा आज( बिहीबार) राति साढे ९ बजेतिर आपसमा ठोकिएर दुर्घटना भएकाे हाे ।

तुलसीपुर- ४ तल्लो हलवारबाट पर्सेनी तर्फ आउँदै गरेको रा १ त ३९१२ नम्बरको ट्याक्टर र प्रसेनीबाट हलवारतर्फ गइरहेको रा १ ह ५०८३ नम्बरको अटो ठाेक्किएका थिए ।
दुर्घटनामा अटोचालक तुलसीपुर- ४ माथिल्लो हलवार निवासी  ३७ वर्षीय अमित थकाली गम्भिर घाईते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो ।


उहाँका अनुसार घाइते थकालीको टाउको,अनुहार र पेटमा चोट लागेको र अबस्था गम्भिर रहेकाे बताउनुभयाे । उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ ।

ट्याक्टर चालक तुलसीपुर-४ तल्लो हलवारका २८ वर्षीय सनाेद चौधरी र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेका छन् ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।