शहिद दिवसका अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न 

हापुरे, १७ माघ ।
दाङको बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको जनकल्याण माध्यमिक विद्यालय पदमपुरमा माघ १६ गते सहिद दिवसको अवसरमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुकाे प्रतिस्पर्धा निबन्ध प्रतियोगिता सम्पन्न  भएको छ। मंगलबार विद्यालयका सहायक प्रधानाध्यापक नन्दलाल तिवारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममामा र्याली सहित सहिदको सम्झनामा कविता वाचन समेत गरिएको थियाे ।
विद्यालयबाट सुरु भएको र्याली हापुरे बजार परिक्रमा गरी गाउँपालिका हुदै विद्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो।  विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुकाे प्रतिस्पर्धा रहेको निबन्ध प्रतियोगितामा कक्षा ११ मा अध्यनरत छात्रा जुनु खड्का प्रथम, कक्षा ११ मै अध्यनरत छात्रा अमृता  केसी दाेश्राे र कक्षा ६ मा अध्यनरत छात्रा पुजा पुन तेस्रो भएकी छिन् ।
कार्यक्रममा शहिदकाे सम्झनामा कविता वाचन गर्ने कक्षा ११ मा अध्यनरत छात्रा जुनु खड्का र कक्षा १२ मा अध्यनरत छात्रा दिलााया रावतलाई पनि पुरस्कृत गरिएको थियाे । संगिना संरक्षण मञ्चका कलाकारहरुले सहिदको सम्झनामा गित प्रस्तुत गरेको कार्यक्रमकाे सञ्चालन बिधालयका शिक्षक जितवहादुर वलीले गर्नुभएको थियाे ।