निम्न आय भएका नागरिकको लागि पहुंच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्छौं : निमित प्रमुख डा. शर्मा

तुलसीपुर, ३१ साउन ।
राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको निमित प्रमुख डा। हेमराज शर्माले विशेषज्ञ सेवा सहित निम्न आय भएका नागरिक हरुका लागि पहुँच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्ने बताउनु भएको छ ।

लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजना राप्ति प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा बोल्दै डा.शर्माले अस्पतालबाट दिने सेवा थप विशिष्टीकृत गर्दै लैजाने बताउनु भएको हो । अस्पातलमा दिने सेवामा कुनै कन्जुस्याइँ हुने छैन उहाँले भन्नुभयो ।

लायन्स क्लव अफ ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा ईशानका सल्लाहकार तथा सामाजिक अभियन्ता विमल रिजालले अस्पताल बाट दिने निशुल्क औषधि हरु बिरामीहरूले स्वतःस्फूर्त रूपमा पाउनु पर्ने बताउनु भयो । अभाव र आवश्यकता भएको ठाउँहरूमा सामाजिक संघ संस्थाहरुको योगदान महत्वपूर्ण छ ।


निम्न आय भएका र नयाँ जीवन पाउन अस्पताल आउने बिरामीहरूको लागि ईशान ले गरेको सहयोगले बिरामी हरु खुसी हुने रिजालको भनाई छ । लायन्स क्लव अफ ईशान का सचिव दीपक केसीको जीवन सँगिनी को जन्म दिनको अवसर पारी ईशानले अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरेको थियो ।

जन्मदिनमा हुने फजुल खर्च कटाएर जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरिएको ले सचिव केसीले बताउनु भयो । सो अवसरमा ईशानका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह निवर्तमान अध्यक्ष प्रेम प्रकाश गिरी लगायत का को उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष सुनिल खनाल को स्वगत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गर्नु भएको थियो ।