वडा कार्यालयमा स्तनपान कक्ष

दीपक बोहरा
तुलसीपुर, १४ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । जिल्लाका एक सय वडा मध्ये तुलसीपुर १३ ले पहिलो पटक उक्त स्तनपान कक्ष स्थापना गरेको अध्यक्ष पौडेलको दावी छ ।

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउनकालागि सहज होस्, भनि उक्त कक्ष स्थापना गरिएको हो ।“कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ”,उहाँले भन्नुभयो“त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौं ।”
वडाको भर्खरै निर्माण भएको भवनमा उक्त कक्ष स्थापना गरिएको हो ।


सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी संघसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ब्यबस्था गरेको छ ।

४३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । नयाँ वडाको चारकोठे भवन निर्माण भएको हो । सोही वडामा ६ हजार जनसंख्या रहेको छ ।