तुलसीपुरमा घरको छतबाट खसेकी एक किशोरीको मृत्यु

तुलसीपुर, १३ माघ ।
तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । छतबाट खसेर गम्भिर घाइते भएकी तुलसीपुर- ५ रानिजरुवाका १८ वर्षिया कल्पना केसीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हिजो शुक्रवार बेलुका पौने ७ बजेको समयमा आफ्नै घरको एक तलाको छतबाट खस्दा गम्भिर घाइते केसीलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।


प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि कोहोरपुर मेडिकल कलेजमा रेफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्ले जानकारी दिनुभयो ।