तुलसीपुरमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा दुईजना घाइते

तुलसीपुर,२० जेठ । दाङको तुलसीपुरमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा दुईजना घाइते भएका छन् ।

आईतबार साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा भएको दुर्घटनामा परि चालक सल्यान शारदा ७ निवासी ३९ बर्षीय भिम केसी र पछाडी सवार तुलसीपुर १४ निवासी २४ बर्षीय विष्णु चौधरी घाइते भएका हुन् ।

उनीहरु दुबैजनालाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा सूचना अधिकारी प्रहरी निरीक्षाक प्रकाश थापाले बताए । बम्नई स्थित खाद्रेबाट तुलसीपुर तर्फ आउदै गरेको रा ४ प ६२४० नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो ।


मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।