वाइसीएल तुलसीपुरको सम्मेलन शनिबार हुने

तुलसीपुर,१२ माघ ।
वाईसिएल तुलसीपुरको सम्मेलन शनिबार हुने भएको छ । विविएस पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरू हुने अध्यक्ष विप्लव ओलीले बताए ।


तेस्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। साथै सम्मेलनमा सहभागीका लागि सम्पूर्ण नेता कार्यकर्ता तथा युवाहरूमा अनुरोध गरिएको ईञ्चार्ज हेवेन्द्र शाहीले बताए । वाइसिएलले दाङका १०वटै पालिकामा सम्मेलन गरिरहेको छ। केही पालिकामा सम्मेलन सकिएको छ भने केहीमा जारी छ ।