तुलसीपुर – ५ मा अक्षर सुधार कार्यक्रम सुरु

दाङ, १० माघ ।
सतप्रतिशत अक्षर सुधार कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आयोजना र डिभाईन इन्स्टिच्युटको सहकार्यतामा बिद्यार्थी शिक्षक अक्षर सुधार तथा मनोपरामर्श कार्यक्रम जनश्रम प्रा. वि गैरापातुमा सुरु भएको छ ।


वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यमा सुरु भयको कार्यक्रममा अध्यक्ष शाहले बिद्यालयको शैक्षिक सुधारका लागी बिधार्थी शिक्षकहरुमा अक्षर सुधार कार्यक्रम गर्न लागियको बताउनु भयो । बिधार्थीको लागी अक्षर गहना भयकाले यस्लाइ सुन्दर तरिकाले प्रस्तुति गर्न लेखन सिपको बिकास गर्नु पर्ने आवश्यकता भयको प्रशिक्षक हिमाल डाँगीले बताउनु भयो । विद्यायलकी प्र. अ सुशिला भट्टराईले यो कार्यक्रमले बिद्यालयको शैक्षिक सुधारमा महत्वपुर्ण योगदान पुर्याउने बिस्वास व्यक्त गर्नु भयो।