प्रादेशिक अस्पताल दुई सय सैया बनाउन ‘ओएमएन’ स्वीकृत

दाङ,१३ असार ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनकालागि कर्मचारी ब्यबस्थापन कार्य अघि बढेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले कर्मचारी ब्यबस्थापन(ओएमएन) सर्वे स्वीकृत गर्ने निणर्य गरेको छ । विगत लामो समयदेखि ओएमएन सर्वे हुन नसक्दा अस्पतालमा कर्मचारी अभाब थियो । जसले गर्दा सेवा प्रभाबकारी हुन सकेको थिएन । अस्पतालमा यस अघि नै दुई सय सैया सञ्चालनमा थियो ।तर, कर्मचारी ५० सैयाकै थिए । ओएमएन सर्वे भएसंगै अब दुईसय सैयाकै कर्मचारी ब्यबस्थापन गर्न सहज हुने भएको छ । दुईसय सैया बनाउनकालागि लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले ६ करोड रुपैँया बजेट समेत ब्यबस्थापन गरेका छन् ।


साथै मन्त्री परिषद बैठकले लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरिएको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निणर्य गरेको छ । त्यस्तै आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निणर्य गरेको छ । बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने, आर्थिक वर्ष २०७८/७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको स्वीकृत गर्ने, निर्देशनालयको व्यवस्थापनको लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तरगत रहेका निर्देशनालयको कार्यक्षेत्र, भूमिका, सेवाको प्रभावकारीता र आबश्यकताको अध्ययनगरि प्रभावकारी कार्य सम्पादन र कर्मचारीको वृति विकासको पक्ष समेत विश्लेषण गरि अध्ययन गर्न नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्ने निणर्य गरेको छ ।
बैठकले केहि दिन अघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्ष अघि गोलिलागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहात रकम उपलब्ध गराउने निणर्य भएको लुम्बिनी प्रदेश सरकारले जानकारी दिएको छ ।