तुलसीपुर
५ कात्तिक / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष पिमलाल वली किसानको खेतमै पुगेर सान्त्वना प्रदान गर्ने गरेका छन् ।
साथै लगत संकलनमा पनि सहयोग गर्ने गरेका छन् । अहिले वडाले वडाका पीडित किसानहरुको लगत संकलन गर्ने काम भइरहेको वडाध्यक्ष वलीले बताए । उनका अनुसार भित्र्यानकालागि धान काटेर खेतमा सुकाएका तथा क्षति भएका किसानहरुको लगत संकलन गरिरहेको छ ।
लगत संकलनपछि राहत प्रदान गरिने उनको भनाई छ । गाउँपालिकाको टोली ल्याएर अनुगमन समेत गराएको अध्यक्ष वलीले बताए । शान्तिनगरमा सबै भन्दा बढि धान उत्पादन हुने क्षेत्र ७ नम्बर वडा नै रहेको समेत उनको भनाई छ ।
अहिले वडामा साढे ५ सय भन्दा बढि किसानहरु रहेको उनले बताए ।
लाइभदाङ । ५ कार्तिक २०७८, शुक्रबार २०:५४ बजे