
तुलसीपुर, ३१ असार । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले ०८० असोज ६ गते लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घरमै काम गरिरहेका बेला हमालले खुकुरी प्रहार गरेका थिए ।
प्रहरीले हमाललाई असोज ६ गते घरबाटै पक्राउ गरी कार्तिक १२ गते कर्तव्य ज्यानसम्वन्धी मुद्दा चलाएको थियो । अदालतले कार्तिक १३ गते पुर्पक्षका लाग कारागार पठाइएका हमाल अब जीवनभर कारागार बस्नुपर्नेछ ।
उनले ०८० असोज ६ गतेकै दिन तुलसीपुर उमनपा–११ कै ६५ वर्षीया कमलाकुमारी हमाललाई पनि खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । बारीमा काम गरिरहेका बेला खुकुरी प्रहार गर्दा हमालको टाउकोमा गम्भीर चोट लागेको थियो ।



लाइभदाङ । ३१ असार २०८२, मंगलवार ०८:३८ बजे