राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापतिमा दाहाल

दाङ, २१ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी दाङको जिल्लाको भेला सम्पन्न भएको छ । शुक्रबार घोराहीमा सम्पन्न भएको भेलाले ओपेन्द्र दाहालको सभापतित्वमा तीन सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

जसको उपसभापतिमा सीता कुमारी केसी र सचिबमा किसन वली रहेका छन् । भेलाले जिल्ला भित्रका पालिकाहरुमा ७/७ जनाको कार्यसमिति गठन गर्ने र समितिमा बहुमत युवाहरुसहित ३३ प्रतिशत महिलाको सहभागिता रहने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको चित्रकुमार स्वर्णकारको सभापतित्वमा ५ जनाको तदर्थ समिति गठन गरेको छ । जसमा चुडामणी कडेल, खगेन्द्र गौतम, मेघराज केसी र मिनकुमार आचार्य रहेका रहेका छन् ।


त्यसैगरी घोराही उपमहानगरपालिकाको श्रीधर पाण्डेको सभापतित्वमा ७ जनाको तदर्थ समिती गठन गरेको छ । जसमा गणेश भण्डारी, गोपाल बिक, निकशन भण्डारी, नोयबहादुर केसी, सुमित्रा विक र सीता विक रहेका छन् । पालिका अध्यक्षहरु जिल्ला सदस्य रहने भएका छन् ।