गुरु जजुर सुधारकालागि अन्तरक्रिया

तुलसीपुर, ९ भदौ । दाङ तुलसीपुर–४ रक्षाचौरस्थित जुरुजजुर नमुना माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर र भौतिक विकासका लागि अन्तरक्रिया गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीबीच क्षमता अभिवृद्धि, आपसी सम्बन्ध सुदृढीकरण र विद्यालयको समग्र विकासमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा जिल्ला शिक्षा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले प्रशिक्षण दिदै जिम्मेवार अभिभावक, समर्पित शिक्षक र उत्साहित विद्यार्थी भएमा शैक्षिक स्तर थप सुदृढ हुँदै जाने बताए । उनले गुरुजजुर नमुना विद्यालय पनि भएको भन्दै यसले गर्ने गतिबिधिबाट अन्य विद्यालयले पाठ सिक्ने समेत बताए ।


कार्यक्रममा कार्यक्रमको उद्देश्यबाट प्रष्ट पार्दै प्रधानाध्यापक विष्णुकुमारी केसीले प्रत्येक बर्ष यस्ता कार्यक्रमहरु गर्दै आएको बताईन् । राम्रा विद्यालयको अनुगमन गर्नेदेखि अन्तरक्रिया कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

त्यस्तै सहायक प्राध्यापक प्रमोद न्यौपानेले शिक्षक, विद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ र विद्यार्थीबीचको सम्बन्ध समधुर हुँदा नै शैक्षिक स्तर बृद्धि हुने बताए । कार्यक्रममा सहभागिहरुले आफ्ना अनुभव पनि प्रदान गरेका थिए, भने सहजीकरण शिक्षक लेवेन्द्र केसीले गरेका थिए ।

‘प्रहरीको मुस्कान सहितको सेवा छ, शिक्षकहरुको कहिले ?’