तुलसीपुर ३ का वडासदस्य वुढाका छोराको जापानमा मृत्यु

तुलसीपुर, १९ चैत्र । तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षका खिमबहादुर बूढाको जापानमा मृत्यु भएको छ ।

करिब एक वर्ष अघि अध्ययनका लागि जापान गएका उनको मृत्यु भएको परिवारले बताएका छन् । उनीसंग घरपरिवारको शुक्रबार मात्रै कुराकानी भएको थियो ।

उनले ऋण तिर्ने पैसा आइतबार पठाइदिने परिवारलाई बताएका थिए । तर, आइतबार विहान उनको मृत्युको खबर घरपरिवारले थाहा पाए । उनी २०७८ चैत्रमा अध्ययनसँगै रोजगारीका लागि जापान गएकोे बुवा कर्णबहादुर बुढाले जानकारी दिए ।


जापानको ओकिनावामा कमाउँदै र पढ्दै आएका खिमबहादुर शनिबार राति साढे ११ बजे कोठामा मृत अवस्थामा फेला परेका थिए । वुवा कर्णबहादुर तुलसीपुर उपमहानगरपाकिला –३ का वडा सदस्य समेत रहेका छन् ।