भानु मावि प्रशडुवामा आँखा जाच कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, १९ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं.६ ले आफ्नो एक बर्षे कार्यकाल समापनको उपलक्ष्यमा भानु मा.वी. प्रशडुवामा आँखा जाच कार्यक्रम सम्पन्न गरेको छ ।

वडाले जनप्रतिनिधिहरुको एक वर्षे कार्यकालको अवसरमा आंखा शिविर कार्यक्रम गरेको हो । वडा नं. ६ को समन्वय तथा राप्ती आँखा अस्पताल तुलसीपुरको आयोजनामा भानु मावी प्रसडुवामा अध्ययनरत करीब २७० जना विद्यार्थीहरुको आँखा जाच गरीएको विद्याललयका प्रधानाध्यापक महेन्द्र केसीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको आँखा जाँच कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष सम्भु गिरीले आँखा संवेदनशिल अङ्ग भएकाले आँखाको हेरचाह गर्न र आँखा स्वस्थ राख्नुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले वडाले भोलिका देशका कर्णधार आजका विद्यार्थी बालबालिकाको आँखा स्वस्थ राख्न आयोजना गरीएको कार्यक्रम प्रती वडालाई धन्यबाद ब्यक्त गर्नुभयो ।


यस्तै अध्यक्ष गिरीले आज भन्दा २०/३० बर्ष अगाडि बत्ती मधुरो भएर आँखामा समस्या हुनेगरेको स्मरण गर्दै अहिले पछिल्लो समय चर्को विद्युतको नजिकबाट संचारका साधन प्रयोग गर्दा आँखाको समस्या निम्त्याएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष रोशन जंग शाहले आफुहरुको एक बर्षे कार्यकालको अवसरमा विद्यार्थीहरुको आँखा स्वस्थ राख्न आँखा अस्पतालको समन्वयमा कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।

यस्तै विद्यार्थीहरलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफु कटीबद्द रहेको बताउदै विद्यालयमा विद्यार्थीहरुसङ्ग कुनैपनि बहानामा शुल्क लिएको भए आफुलाई जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो। विद्यालयका प्र.अ.महेन्द्र केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।