
दाङ ३०, असोज । दाङ तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङ नेपाल एजुकेसन अवार्ड यूके २०२५ बाट उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको छ ।
यही असोज २९ गते ग्रिनविच युनिभर्सिटी युके र कलेज रिडर्स नेपालको संयुक्त आयोजनामा युकेमा सम्पन्न भएको नेपाल युके एजुकेसन अवार्ड-२०२५ कार्यक्रममा संस्कार पाठशाला दाङलाई प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड प्रदान गरिएको हो ।
विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धि, उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा सामाजिक उत्तरदायित्वमा खेलेको भूमिका लगायतका आधारमा संस्कार पाठशाला दाङलाई प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्ड तथा सम्मान प्रदान गरिएको हो । उक्त अवार्ड संस्कार पाठशाला दाङका प्रबन्ध निर्देशक दीप बस्नेतले ग्रहण गर्नुभएको थियो ।



लाइभदाङ । ३० आश्विन २०८२, बिहीबार १९:४६ बजे