नाली निर्माण गरेपछि माघी नाच सहित मन्त्रीलाई स्वागत

टेकराज भण्डारी
तुलसीपुर,१ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गाउँको नाला बनाइदिएपछि स्थानीयले थारु नाचसहित स्वागत गरेका छन् ।

माघीको दिन गाउँको नाला निर्माणको अनुगमनमा पुगेका मन्त्री मास्कीलाई स्थानीयले थारु नाच सहित स्वागत गरेका हुन् । शान्तिनगर गाउँपालिका वडा नं.५ बैसामा चालु बर्ष अर्थमन्त्री मास्कीले बजेट बिनियोजन गरेपछि पाँचसय मिटर नाला निर्माण भएको छ ।

नाला निर्माणले सडक स्तरबृद्धिकालागि ठूलो राहात भएको भन्दै स्थानीयले खुसी ब्यक्त गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्की सोही ठाउँमा आबश्यकताका आधारमा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाए ।
गुम्बा उद्घाटन
मन्त्री मास्कीले सोमबार शान्तिनगर १ मा निर्माण गरेको बौद्ध गुम्वाको उद्घाटन गरेका छन् । मकर सक्रान्तिको अवसरमा शान्ति बबई बौद्ध विहार गुम्बाको उद्घाटन गर्दै उनले एतिहासिक संस्कार,संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।


त्यस अवसरमा शान्तिनगर १ का वडाध्यक्ष जंगबहादुर पुनले आफूले मगर सांस्कृति संरक्षणकालागि संग्रहालय समेत बनाएको बताएका छन् ।