नेपालगञ्जबाट ५ लाख बढि यात्रु उड्दा, दाङबाट ३ हजार मात्रै यात्रु उडे

तुलसीपुर, १८ असार ।
लुम्बिनी प्रदेशमा तीन वटा विमानस्थल छन् । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल र दाङको टरिगाउँ विमानस्थल लुम्बिनी प्रदेश भित्र चालु अवस्थामा रहेका विमानस्थल हुन् ।


यी विमानस्थल मध्ये सबै भन्दा धेरै भैरहवा र सबै भन्दा कम दाङको टरिगाउँ एयरपोर्टबाट यात्रुहरुले सेवा लिएका छन् । लुम्बिनी प्रदेश सरकारले चालु वर्षको चैत महिनासम्मको सर्वेक्षण गर्दा भैरहवाबाट ८ लाख ८१ हजार ८ सय ६७ यात्रुले सेवा लिएका छन्, भने नेपालगञ्जबाट ५ लाख २१ हजार ३ सय २८ यात्रुले सेवा लिएका छन् । त्यस्तै दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टबाट ३ हजार पाँच सय ५१ जनाले मात्रै सेवा लिएका छन् ।