राप्ती दुर्घटना अपडेटः मृतक सबैको सनाखत

तुलसीपुर,२८ पुष ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नंं. १ पुलचोकमा ट्राफिक प्रहरीको ‘चेक प्वाइन्ट’ छ । तर, त्यो ‘चेक प्वाइन्ट’मा हुने इन्ट्रिलाई छलेर तिब्र गतिमा पुल पार गर्न खोज्दा शुक्रबार राति साढे १० बजेतिर गाडी दुर्घटनामा पर्‍यो । दुर्घटनामा परि १२ जनाको मृत्यु भयो । पाँच जनाको उद्दार पछि उपचारका क्रममा निधन भएको हो, भने ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । गाडी आधा पानीमा र आधा बाहिर थियो । त्यसैले पछिल्ला ७ जनाको शव निकाल्न करिब डेढ घण्टा ढिला भएको थियो । जेसीवी ल्याएर गाडी निकाले पछि मात्रै उनीहरुको शव निकालिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो ।

मृत्यु हुनेमा बाँकेका ४ जना, भारतका तीन जना, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका १/१ जना रहेका छन् ।
दुर्घटनामा परि बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, बाँकेको कोहलपुर ८ बस्ने २८ का अर्पण थापाका रहेका छन् ।


त्यस्तै रूकुम साविक गोतमकोट गाउँपालिका ९ निवासी का २५ वर्षीय दीपक कामी, चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ पर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारत जि बहराईज नानपारा बग्लु भौतपुर बस्ने ४५ बर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१ वर्षीया मुने, र मृत्यु भएको हो ।
त्यस्तै २१ जना घाइते छन् । मृत्यु भएका मध्ये १० जनाको पोष्टमार्टम भइसकेको छ, भने २ जनाका आफन्ती नआएकाले पोष्ट मार्टम हुन सकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परि २४ जना घाइते भएका थिए । घाईते मध्ये ४ जना गम्भीर, ११ जनाको मध्याम र ९ जनाको सामान्य रहेको छ । घाइते मध्ये तीन जनाको डिस्चार्ज भइरहेको छ । घाइतेहरु मध्ये ८ जनाको बुटवल, १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

चालकको लापरवाहीका कारण दुर्घटना : प्रहरी
चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक निष्कर्ष रहेको छ । इन्ट्रि नगरेर तिब्र गतिमा गाडी जाँदा अनियन्त्रित भएर दुर्घटना भएको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताउनुभयो ।“चालकले सपट विग्रिएर दुर्घटना भएको बयान दिएका छन्”,उहाँले भन्नुभयो“तर, हामीलाई त्यस्तो लाग्दैन्, नजिकै प्रहरीको इन्ट्रि प्वाइन्टमै नरोकेर तिब्र गतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ ।”