सनाखत भएका ८ शव मध्य ३ जनाको शव पोष्टमार्टम

दाङ,२८ पुष । राप्ती नदिमा बस खस्दा ज्यान गुमाएकाको शव पोष्टमार्टम सुरु गरिएको छ । दुर्घटना पछि लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्य सनाखत भएका ८ जनाकाे पोष्टमार्टम भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयाे । हाल सम्म ३ जनाकाे पोष्टमार्टम भईसकेकाे छ

पोष्टमार्टम पछि शवलाई आजै आफन्तकाे जिम्मा लगाउने तयारी भएको मल्लले जानकारी दिनुभयाे । कतिपय आफन्त शव लिन लमही अस्पताल आईपुगेकाे प्रहरीले जनाएकाे छ । घरसम्म शव पुर्याउन नि:शुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ ।


बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । पुलबाट बस खस्दा १२ जनाकाे मृत्युु भएको थियाे । भने २३जना घाइते छन् । घाइते मध्य ४ जनाकाे अबस्था गम्भीर छ । प्रहरीका अनुसार १२ मध्य ८ जनाको सनाखत भएको छ । बसमा ३६ जना यात्रु रहेकाे मल्लकाे भनाइ छ । बस चालक सल्यान त्रिबेणी गाउँपालिका ४ का २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।