बागर महोत्सवः आज राजु परियारको प्रस्तुती रहने

तुलसीपुर, १२ असोज । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ बागरमा जारी आज(आईतबार) राजु परियारलगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा सुरु भएको दंगीशरण महोत्सवमा शुक्रबार परियारसहित निशान्त विश्वकर्मा, गोमा हिमानी, आरजे रासकोटी, राजेन्द्र परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने संयोजक अजय बुढाथाेकीले बताए ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको हो ।


जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् । स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न विहीबारदेखि महोत्सव सञ्चालन भएको हो ।