दंगीशरणमा लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान सम्पन्न

प्रमोद आचार्य 

दंगीशरण, २५ मंसिर । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र वालवालिकामा लगानिको ऐक्यबद्धता ” भन्ने मुल नाराकासाथ ३२ औं लैङ्गिक हिंसा विरुद्ध १६ दिवसीय अभियान अन्तर्गत अन्तरकृया तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत ७ वटै वडाका महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिला हिंसा न्यूनीकरण गर्न परीवार तथा घरबाटै सवैजना सचेत तथा जानकार रहन आवस्यक रहेको बताए । कुनै पनि किसिमले समाजमा हुनेगरेका महिला हिंसामा कमि ल्याउन सचेतना तथा पुरातनबादी सोच तथा चिन्तनमा परीवर्तन ल्याउन आवश्यक रहेको बताए । महिला हिंसा न्यूनीकरणको सवालमा स्थानीयतहको तर्फबाट हरेक कार्यक्रमहरु अगाडी बढाइने र आफु सदैव सकारात्मक रहेको अध्यक्ष गिरीले बताए ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिला हिंसा सहेर र महिला हिंसाबाट पिडित भएर नबस्न आग्रह गरीन । आफुले पनि हिंसा नगर्न र हिंसा कसैले गरे सहेर नबस्न पनि आग्रह गरीन । पछिल्लो समय पहिलेको तुलनामा महिला हिंसामा केहि कमि आएतापनि यसको अन्त्यका लागी सरोकारवाला निकाय तथा हरेक नागरीक सचेत रहन आवश्यक रहेको बताइन ।


३२ औं महिला हिंसाको १६ दिवसिय अभियानकै अवसर पारी ३ जना महिलाहरुलाइ नगद, प्रमाणपत्र तथा दोसल्ला ओढाइ सम्मान समेत गरीएकोथियो ।

कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष डम्बर खत्री ३ का वडा अध्यक्ष शुकलाल चौधरी, ४ का वडा अध्यक्ष कमल थारु, ५ का वडा अध्यक्ष निरज बस्नेत लगाएतले आ आफ्नो भनाइ राखेकाथिय ।

दंगीशरण गाउँपालिका महिला बालबालिका साखाप्रमुख सुनकुमारी घर्तीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहजिकर शिक्षासाखा प्रा.स उमा केसीले गर्नुभएकोथियो ।