दाङको राप्ती नदीमा बस खस्दा पाँच जनाको मृत्यु

दीपक बोहरा
दाङ,२७ पुस । दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो ।‘अहिलेसम्म पाँच जनाको शव निकालेका छौं, गाडी पानी भित्र खसेको छ’, प्रहरी निरीक्षक सिंहले भने‘गाडी उल्टो परेकाले त्यसलाई निकाल्न जेसीबी ल्याएका छौं ।’

पानी भित्र शव हुन सक्ने प्रहरीको अनुमान छ । अहिलेसम्म २५ जना भन्दा बढिलाई उद्दार गरि उपचारकालागि भालुवाङ अस्पताल पठाईएको समेत उनले बताए ।


शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।