राप्ती नदीमा बस खस्दा दुई जनाको मृत्यु

दीपक बोहरा
दाङ, २७ पुस । दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार उनीहरु गाडीले च्यापिएको अबस्थामा रहेका छन् । उनीहरुलाई निकाल्ने प्रयास भइरहेको उनले बताए ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो ।


साथै घाइतेहरुको उद्दार गरि उपचारकालागि भालुवाङ अस्पतालमा लगिएको छ । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तिब्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।