तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीद्वारा पदवाद राजीनामा

तुलसीपुर, ६ भदौ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओलीले पदबाट राजीनामा दिएका छन् । आफू पदमा बसिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । साथै उनले संस्था नै बिघटन भएको बताए ।  आईतबार पत्रकार सम्मेलन गर्दै ओलीले अहिले तुलसीपुर खानेपानीको संस्थाको विषयमा अख्तियारसम्म पनि उजुरी परेका र संस्थाको कार्यसमितिको अबिधी सकिएको पनि १७ महिना भएको भन्दै लामो समय एउटै पदमा बसिरहन नसुहाउने अध्यक्ष वलीले बताए ।

‘संस्थाका पदाधिकारीको कार्यसमितिका पदाबधी सकिएको तीन महिनासम्म कार्यसमितिका पदावधी थप्न मिल्छ,तर, हाम्रो म्याद थप भएको १७ महिना भइसकेको छ’, उनले भने‘ तर, नयाँ कार्यसमितिकालागि चुनाब पनि सुरसार छैन, तीन कार्यकाल मैले खानेपानीमा सेवा प्रवाह गरेँ, अब नैतिकताका हिसाबले बस्न मिल्दैन्, त्यसैले राजीनामा दिएँ ।’

साथै उनले पछिल्लोसमय कार्यसमिति भित्रकै व्यक्तीले संस्थाका गोप्य कुराहरु बहिर ल्याएर नेतृत्वलाई बदनामित गर्ने गरेको समेत बताए ।‘केही व्यक्तीहरुको संस्थालाई अचानो बनाएर व्यक्तीगत लाभ लिने आकांक्षाका कारण उत्पन्न भएको अन्तरविरोधले यो संस्थामा विगत एक बर्षदेखि गत्यावरोध उत्पन्न भएको छ ’, उनले भने ‘कार्यसमिति भित्रकै व्यक्तीले अख्तियारसम्म उजुरी हाल्ने समेत प्रयत्न गरेँ, संस्थालाई बदनामित बनाउने प्रयत्न भयो ।’


उनले खानेपानीकै केही व्यक्तीले ७ हजारको सामानलाई १७ हजार विल बनाएर पनि घोटाला गर्ने गरेको समेत आरोप लगाए । साथै उनले रानीजरुवा मुहानको संरक्षण गर्नुको सट्टा जवरजस्तीबीचबाट बाटो खोली मुहानमा आक्रमण सुरु गर्ने र संस्थाका विरुद्धमा कार्यसमितिमा रहेका व्यक्तीहरुबाट आफूखुसी बाटो निर्माण गर्ने बाहानामा ब्यक्तीगत स्वार्थ परिपूर्ति गर्ने मनसायाले राम्री,चिसापानी, बाख्रे, धैरेनी र छरछरेका मुहनाहरु तहसनहस बनाएको समेत आरोप लगाए । साथै लाखौं रुपैँयाको क्षति हुँदासम्म कार्यसमितिका व्यक्तीहरुले संस्थाको क्षति भएको रकम असूल गर्नुको साटो ठेकेदारसंग मिलेमतो गरि संस्थाको आर्थिक व्ययभार बढाउने काम गरेको समेत बताए ।

जसमा स्थानीय सरकार पनि मुकदर्शक बन्दा ८/९ महिनासम्म उपभोक्ताहरु पानीबाट बञ्चित भएको समेत बताए । साथै बर्षादको समयमा खानेपानीका पाईपलाईन बगाउने र उपभोक्ताहरुमा पानी खुवाउन सस्या हुने हुँदा उक्त समस्याको समाधान गर्नुको साटो बदनामी गर्न खोजेको समेत आरोप लगाए ।

साथै दैनिक रुपमा फिल्डमा आबश्यक भइरहने सरसामान खरिद गरेका विल भरपाईको भुक्तानी पनि नहुँने र समयमा संस्थाको बार्षिक अडिट समेत हुन नदिइ असहयोग गर्दै आएको समेत बताए । त्यस्तै माइन्यूटहरु लुकाई अध्यक्षले माग गर्दा समेत उपलब्ध नगराउने र कार्यलयका कागजातहरु ऋनुशासन विहीन तरिकाले सामाजिक सञ्जाल तथा मिडियाहरुमा प्रकाशित गर्ने कार्यहरु भइरहेको भन्दै यसले संस्थालाई बदनाम गराएको बताए ।