दंगीशरण माघी महोत्सव उद्घाटन

तुलसीपुर,२७ पुस । दंगीशरण गाउँपालिकाको आयोजनामा दंगीशरण मघौटा म्याला २०८० को उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य दिपक गिरीले उक्त महाेत्सवको उद्घाटन गरेका हुन् ।आज देखी २ दिन सम्म चल्ने माघि महोत्सबको उद्घाटन गर्दै प्रतीनिधिसभा सदस्य दिपक गिरीले आफु थारु रहनसहनमा हुर्किएकाले थारुको सस्कृती परम्परावारे आफु पुरा जानकार रहेको बताए ।

पछिलो समयमा थारुयुवाले थारु सस्कृती तथा परम्परा भुल्दै गएकोप्रती चिन्ता ब्यक्त गर्दै अबको आवस्यकता युवाहरुमा थारु सस्कृती तथा परम्पराको पुस्ता हस्तान्तरण आवस्यक रहेको बताएकाछन । बिकाशको गती क्रमिकरुपमा भइरहेको बताउदै आफु सिचाइमन्त्री हुदा ८८ वटा डिप बोरिङ यहि क्षेत्रमा ल्यायर सिचाइमा ठुलो विकाश लयायको बताएकाछन ।

जनताको हरेक सुख दुखमा आफु सदैब लागीरहेको बताउदै गिरीले कुनै समस्या परे आफुलाइ निर्धाक्क सङ्ग सम्पर्क गर्न पनि आग्रह गरे ।

थारु सस्कृतीको संरक्षणमा चासो अनि चिन्ता राख्ने  गिरीले ७ वटै वडाका मतहवालाइ पुरानो सस्कार अनुरुप माघ १ गतेकादिन नदि तथा खोलामा पैसाको सिक्का चढायर नुहाउने प्रचलन जोगाउन पैसाको सिक्का प्रदान गर्दै खादा ओढाएर सम्मान गरेकाथिय ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राम बन्धु सुबेदीले दंगीशरण गाउँपालिकाले थारु सस्कृती ओगाउन माघि महोत्सव आयोजना गरेर सराहनीय काम गरेको बताएकाछ्न । थारु राजा दंगीशरणले राज्य गरेको ठाउँमा परीचित दंगीशरणको पहिचान झल्क्ने नृत्य तथा परीकारले आफु अत्यन्तै हर्षित रहेको प्रमुख सुबेदिले बतायकाहुन ।


कार्यक्रममा थारु सस्कृतविद एकराज चौधरी,चुर्ण चौधरी,वडा अध्यक्षहरु तथा बिभिन्न पार्टी प्रतीनिधिहरुले थारु सस्कृती तथा माघि पर्वका वारेमा आ आफ्नो भनाइ राखेकाथिय ।

महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच,कठ्घोरी नाच,लठवा नाच,सोरठि नाच,गोर्या नाच ,थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी लगायतका विभिन्न परिकारहरु तथा थारु केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरुको प्रस्तुती राखियकोथियो ।

२ दिनसम्म चल्ने माघिमहोत्सवको आज पहिलोदिन माघिमहोत्सव मुल समितीका सयोजक शुकलाल चौधरीको अध्यक्षता,प्रतीनिधिसभा सदस्य पुर्व सिचाइमन्त्री दिपक गिरीको प्रमुख आथित्यता,तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतामा औपचारिक उद्घाटन समापन गरीयकोथियो ।