तुलसीपुर उपमहानगरका कर्मचारीमाथि कुटपिट

तुलसीपुर,२६ पुस । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

बिहीबार सूचना जारी गरि उपमहानगरपालिकामा राजश्व ब्यबस्थापन शाखा अन्तर्गत नदीजन्य पदार्थ चोरी निकासीको अनुगमनका लागि खटिएका कर्मचारी डिल्लीराज न्यौपानेमाथि कुटपिट गरेको कर्मचारीहरुले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

बुधबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ हेमन्तपुर निवासी गोविन्द नेपालीसहितले कुटपिट गरेको भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।‘कार्यालयको गेटमा बोलाई नियोजित रुपमा कुटपिट गरि आक्रमण गर्ने र कर्मचारीको मनोबल गिराउने कार्य गरेकाले राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा एवं घोर भ्रत्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।


कर्मचारी सुरक्षाको सुनिश्चित नभएमा थप आन्दोलनका कार्र्यक्रम जारी राख्ने समेत कर्मचारीहरुले बताएका छन् ।

May be an illustration of text