राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट ४ जनाको उमेदवारी

दाङ २३ पुष ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट झक्कु सुवेदीले आफ्नो उम्मेदवारी मनोनय दर्ता गराएका छन् । रोल्पाका माओवादी नेता सुवेदीले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि अन्यतर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी विष्णु कुमारी सापकोटा तथा एमालेबाट दाङकी तुलसा कुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।


लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा रदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।